भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सम्झौता नभए ‘नसोचेको युद्ध’ हुने ट्रम्पको चेतावनी

सम्झौता नभए ‘नसोचेको युद्ध’ हुने ट्रम्पको चेतावनी

एजेन्सी, ८ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको समयसीमा सकिनुअघि कडा चेतावनी दिएका छन्। वाशिंगटन समयअनुसार बुधबार साँझ युद्धविराम सकिने भएकाले त्यसअघि कुनै ठोस सम्झौता नभए युद्धविराम थपिने सम्भावना अत्यन्त कम रहेको उनले बताएका हुन्।

रेडियो कार्यक्रम ‘द जोन फ्रेडरिक्स शो’ मा बोल्दै ट्रम्पले इरान वार्ताको टेबुलमा आउनैपर्ने अडान राखे। उनले भने, “यदि उनीहरूले वार्ता गरेनन् भने, उनीहरूले कहिल्यै नदेखेका समस्याहरूको सामना गर्नेछन्। उनीहरूले कल्पना नै नगरेको युद्ध हुनेछ।”

कूटनीतिक प्रयासहरू पनि तीव्र बनाइएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स सम्भावित दोस्रो चरणको वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहेको बताइएको छ। उनीसँगै विशेष दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि वार्तामा सहभागी हुन सक्ने जनाइएको छ।

यसअघि पाकिस्तानको राजधानी इस्लामाबाद मा लामो वार्ता भए पनि कुनै सम्झौता हुन सकेको थिएन। अमेरिकी पक्षले इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउन अस्वीकार गरेको दाबी गरेको थियो।

इरानले भने अमेरिकामाथि दबाब र धम्कीको राजनीति गरेको आरोप लगाएको छ। इरानी राष्ट्रपति मसूद पेजेश्कियान ले अमेरिकी चेतावनीलाई “अनुचित व्यवहार” भन्दै दबाबका बीच कुनै सम्झौता नगर्ने बताएका छन्। इरानको विदेश मन्त्रालयले हालसम्म कुनै औपचारिक वार्ता तय नभएको बताएको छ।

यसैबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरान सम्झौतामा सहमत नभएसम्म अमेरिकी नौसेनाले इरानी बन्दरगाहमा लगाएको समुद्री नाकाबन्दी नहटाउने बताएका छन्। उनले उक्त नाकाबन्दीका कारण इरानले दैनिक ५०० मिलियन डलरभन्दा बढी आर्थिक क्षति भोगिरहेको दाबी गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.