भर्खरै : Sorry, your browser does not support inline SVG.

पर्व यो या त्यो जातका होइनन्, सिङ्गो राष्ट्रका साझा हुन्ः प्रधानमन्त्री प्रचण्ड

पर्व यो या त्यो जातका होइनन्, सिङ्गो राष्ट्रका साझा हुन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । पर्वहरू कुनै खास जाति वा समुदाय विशेषका नभएर सिङ्गो राष्ट्रका साझा पर्व भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सोनाम ल्होछारको शुभकामना दिँदै उनले नेपालको संविधानले विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको बताए ।

प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउन शुभकामना दिदै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजाति कला सस्कृतिमा अगाडि रहेको बताए ।

देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको छ।

विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ।’ ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझः प्रगाढ र सुदृढ बनाउँदै सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न एकताबद्ध हुन थप प्रेरणा प्रदान गर्नेमा पनि विश्वास व्यक्त गरे।

 


Thali Mobile Pvt.Ltd.