भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर |

अक्टोबर ७ आक्रमण मुद्दाका लागि इजरायलमा विशेष सैन्य अदालत गठन, मृत्युदण्डको व्यवस्था पारित

अक्टोबर ७ आक्रमण मुद्दाका लागि इजरायलमा विशेष सैन्य अदालत गठन, मृत्युदण्डको व्यवस्था पारित

तेल अभिभ । इजरायलको संसद नेसेटले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न भएको आरोप लागेका प्यालेस्टिनीहरूका मुद्दा हेर्न विशेष सैन्य अदालत गठन गर्ने विधेयक पारित गरेको छ।

उक्त कानुनअनुसार दोषी ठहरिएका व्यक्तिलाई मृत्युदण्ड दिन सकिने व्यवस्था समेत गरिएको छ। इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलका अनुसार यो विधेयक सत्तारूढ गठबन्धन र विपक्षी दल दुवैको समर्थनमा पारित भएको हो।

नयाँ कानुन अनुसार गठन हुने विशेष सैन्य अदालतलाई प्रमाण, साक्ष्य तथा कानुनी प्रक्रियासम्बन्धी विद्यमान नियमहरू परिमार्जन गर्ने अधिकार समेत दिइनेछ। यस अन्तर्गत साक्षीको बयान, प्रमाण संकलन र पेश गर्ने प्रक्रियामा विशेष व्यवस्था लागू गर्न सकिनेछ।

रिपोर्टअनुसार अक्टोबर ७ को आक्रमणपछि इजरायली सुरक्षाबलले करिब ३०० प्यालेस्टिनीलाई पक्राउ गरेको छ। तीमध्ये धेरै जना हालसम्म जेलमै रहेका छन्। नयाँ कानुनले विशेष गरी नरसंहार तथा गम्भीर आतंकवादी गतिविधिसम्बन्धी अभियोगमा दोषी ठहरिए मृत्युदण्डसम्मको सजाय दिन सकिने व्यवस्था गरेको बताइएको छ।

यस निर्णयलाई इजरायलले सुरक्षा मजबुत बनाउन लिएको कडा कदमका रूपमा हेरिएको छ भने अन्तर्राष्ट्रिय स्तरमा यसले थप बहस सिर्जना गर्ने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.