भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

पोखराको अमरसिंह चोकका सटर तथा टहरा हटाइयो, महानगरले चलायो डोजर

पोखराको अमरसिंह चोकका सटर तथा टहरा हटाइयो, महानगरले चलायो डोजर

मुख्य बुँदा

पोखराको अमरसिंह चोकमा रहेका ५१ वटा सटर र टहरा हटाइयो

पोखरा महानगरपालिकाले बिहानै डोजर चलाएर संरचना हटायो

अमरसिंह माविको जग्गामा २०३८ सालदेखि टहरा बनाइ भाडामा दिइँदै आएको थियो

व्यवसायी, विद्यालय र वडा कार्यालयबीच सहमतिपछि हटाउने निर्णय

यसअघि व्यवसायीले विकल्पबिना हटाउन नपाइने भन्दै मुद्दा दायर गरेका थिए

अदालतको फैसला विद्यालयकै पक्षमा आएपछि हटाउन सहमति भएको हो

नयाँ सटरमा पुराना व्यवसायीलाई प्राथमिकता दिने मौखिक सहमति भएको बताइयो

डोजर चलाउनुअघि व्यवसायीले आफैं सामान निकालेर खाली गरेका थिए

पोखरा, ५ जेठ । पोखराको अमरसिंह चोक क्षेत्रमा लामो समयदेखि विवादमा रहेको सटर तथा टहराहरू पोखरा महानगरपालिकाले हटाएको छ। पृथ्वी राजमार्गको छेउमा रहेका ५१ वटा टहरामा मंगलबार बिहानै डोजर चलाइएको हो।

अमरसिंह माविको भोगाधिकारभित्र पर्ने उक्त जग्गामा २०३८ सालदेखि टहरा बनाएर भाडामा लगाइँदै आएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताएका छन्। व्यवसायी, विद्यालय र वडा कार्यालयबीचको समन्वयपछि सहमतिमै टहरा हटाइएको उनले जानकारी दिए।

वडाध्यक्ष बास्तोलाले भने, “हामी निर्वाचित भएर आएदेखि नै यी टहरालाई व्यवस्थित गर्ने काम सुरु गरेका थियौँ। धेरै पटक बैठक भएका छन्। अहिले व्यवसायीले पनि साथ दिनुभयो र सहज रूपमा हटाइएको हो।”

यसअघि व्यवसायीहरूले विकल्पबिना हटाउन नपाइने भन्दै अदालतमा मुद्दा समेत दायर गरेका थिए। तर अदालतले विद्यालयकै पक्षमा फैसला गरेपछि टहरा हटाउन व्यवसायी सहमत भएका हुन्।

महानगर स्रोतका अनुसार हटाइएका स्थानमा पछि निर्माण हुने व्यवस्थित सटरमा पुराना व्यवसायीलाई प्राथमिकता दिने मौखिक सहमति समेत भएको छ।

यसअघि सोमबार पोखरा महानगरपालिकाले सर्वपक्षीय बैठक गरेको थियो, जसमा सुरक्षा निकायसहित सहभागीहरूले अवैध संरचना हटाउनुपर्ने सुझाव दिएका थिए। त्यसपछि महानगरले मंगलबार बिहानै डोजर परिचालन गरेको हो। व्यवसायीहरूले भने डोजर आउनुअघि नै आफ्ना सामान र संरचना हटाइसकेका थिए। हाल महानगरले खाली स्थान सम्याउने काम गरिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.