भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च, नेपाल राष्ट्र बैंकले नयाँ दर तोक्यो

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च, नेपाल राष्ट्र बैंकले नयाँ दर तोक्यो

काठमाण्डौ, ५ जेठ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबारका लागि अमेरिकी डलरको विनिमय दर नयाँ रेकर्डमा पुगेको हो।

नेपाल राष्ट्र बैंक ले एक अमेरिकी डलरको खरिद मूल्य १५३ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य १५४ रुपैयाँ ४६ पैसा तोकेको छ, जुन अहिलेसम्मकै उच्च दर हो। हिजोको तुलनामा डलरको भाउ बढेको छ। हिजो एक डलरको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा थियो। भारतमा डलरको मूल्य बढेसँगै नेपालमा पनि यसको प्रभाव परेको बताइएको छ।

डलर महँगो हुँदा रेमिट्यान्स, निर्यात र विदेशी पर्यटनबाट हुने आम्दानी बढ्ने भए पनि आयात भने महँगो हुने गर्छ। अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक गरिएको छ।

युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल र कतारी रियालका विनिमय दर पनि तोकिएको राष्ट्र बैंकले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.