भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध |

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : सुशील घिमिरेसँग डेढ लाख रुपैयाँ धरौटी माग

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : सुशील घिमिरेसँग डेढ लाख रुपैयाँ धरौटी माग

काठमाडौं, १२ फागुन । काठमाडौंस्थित विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागत अस्वाभाविक रूपमा बढाइएको आरोपसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसचिव सुशील घिमिरेसँग एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालत, काठमाडौं इजलास नम्बर २ का सदस्यहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेविरुद्ध ७४ करोड ३४ लाख ३४ हजार ४५० अमेरिकी डलर बराबरको हानी पुर्‍याएको अभियोगसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाही माग गर्दै आरोपपत्र दायर गरेको थियो ।

अभियोगअनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहेका घिमिरेले अन्य प्रतिवादीसँग मिलेमतो गरी स्वीकृत लागत १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलरबाट बढाएर २४ करोड ४० लाख ४ हजार ४५० अमेरिकी डलर पुर्‍याई नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हानी पुर्‍याएको दाबी गरिएको छ ।

घिमिरेले भने अनुसन्धान तथा अदालतमा दिएको बयानमा आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गरेका छन् । अदालतले मिसिल संलग्न कागजात, मन्त्रिपरिषद् तथा प्राधिकरणका निर्णय र प्रतिवादीको पदीय जिम्मेवारीलाई आधार मान्दै विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) अनुसार मुद्दा पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.