भर्खरै : Sorry, your browser does not support inline SVG.
कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण | चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प, २ जनाको मृत्यु र १ बेपत्ता | सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए स् खोटाङ पूर्वी तराईसँग सीधा यातायात | बाँझो बलौटे जमिनमा तरबुजा खेतीस् दैनिक १२ हजार कमाउँदै सुन्दर | यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने | नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो | फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद | केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा |

चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने

चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने

काठमाडौं, १२ फागुन । काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव सार्ने भए चार दिन अघि सार्न प्रस्ताव गरेका छन् ।

इटहरीमा भएको सभामा उनले चुनाव सार्ने चर्चा चलिरहेको सन्दर्भमा चार दिनअघि सार्न आफूहरू तयार रहेको बताए । उनले अब चुनाव सार्ने बहस नगरी निर्वाचन सम्पन्न गरी जनताको मतादेश स्वीकार गर्नुपर्ने धारणा राखे । लोकतन्त्र जोगाउने जिम्मा जनताकै भएको उल्लेख गर्दै उनले लोकतन्त्रको ठेक्का कसैले नलिन आग्रह गरे । 

उनले देश विधिको शासनमार्फत अघि बढ्नुपर्नेमा जोड दिँदै आफ्नो पार्टी थिति बसाल्न आएको बताए । मजदुर, विद्यार्थी, शिक्षक र कर्मचारीलाई अनावश्यक भ्रममा नपर्न आग्रह गर्दै कुनै पनि सङ्गठन वा ट्रेड युनियन खारेज नहुने स्पष्ट पारे । उनले २०४६ सालपछि भएका सबै काण्डको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिशोध नभई हिसाब हुने बताउँदै सहकारी, लघुवित्त लगायतका समस्यामा अल्झिएका साना बचतकर्ताको रकम रास्वपा नेतृत्वको सरकारले सय दिनभित्र फिर्ता गर्न सुरु गर्ने दाबी गरे ।

सुकुम्बासी बस्तीमा डोजर चल्ने भन्ने हल्ला निराधार रहेको उनको भनाइ छ । सुकुम्बासी समस्या समाधानका लागि विज्ञ र भूमिहीनको प्रतिनिधित्व हुने शक्तिशाली आयोग गठन गरी त्यसको सिफारिस कार्यान्वयन गरिने उनले बताए । डोजर भ्रष्टाचारीको महलमा चल्ने तर गरिबको झुपडीमा नचल्ने उनको भनाइ थियो ।

त्यसैगरी उनले शिक्षकहरूलाई स्मार्ट कक्षाकोठा निर्माण र गुणस्तरीय शिक्षामा केन्द्रित हुन आग्रह गरे । राजनीतिक जिम्मेवारी आफ्नो पार्टीले लिने भन्दै शिक्षा सुधारमा शिक्षकहरूको भूमिका निर्णायक हुने उल्लेख गरे ।

 

 


Thali Mobile Pvt.Ltd.