भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

सरकारबाट संरक्षितहरूले नै त्रिविमा आतंक मच्चाएः विद्यार्थी

सरकारबाट संरक्षितहरूले नै त्रिविमा आतंक मच्चाएः विद्यार्थी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित संगठनले आतंक र गुन्डागर्दी मचाएको सात विद्यार्थी संगठनले आरोप लगाएका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादीसहित सात विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै त्रिविका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएकोप्रति आपत्ति जनाए ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री केपी ओलीको ठाडो हस्तक्षेपमा राजीनामा दिएको घटना यसको पछिल्लो उदाहरण हो भन्दै सत्ता समर्थित पार्टीका भ्रातृ संस्थाका सरकार र प्रशासन संरक्षित यस्ता कार्यबाट ज्ञान उत्पादनको केन्द्रमा प्राध्यापकहरूले नै ज्यान जोगाउन कठिन हुने

अवस्था सिर्जना हुनु र विश्वविद्यालयमा आतंकको स्थिति सिर्जना हुनुको पछाडि सरकारको स्पष्ट संलग्नता पुष्टि भएको ति संगठनको आरोप छ । देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने गुन्डाहरूलाई पक्राउ गरी कडा कारबाही गर्न विशेष माग गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.