भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शान्ति प्रक्रिया चाँडै टुंग्याउने सर्वदलीय प्रतिवद्धता

शान्ति प्रक्रिया चाँडै टुंग्याउने सर्वदलीय प्रतिवद्धता

काठमाडौं । एक–अर्का राजनीतिक दलप्रति आरोप–प्रत्यारोप लगाउनेदेखि फरक समूहका नेताहरु माथि हिलो छ्यापाछ्याप गर्नु नौलो कुरो होइन । विशेष गरी प्रमुख राजनीतिक दलका कार्यकर्ताहरुदेखि शीर्ष तहका नेताहरु स्वार्थ नमिल्दा अर्को दलका नेता–कार्यकर्ताहरु विरुद्ध तल्लो स्तरको टीका–टिप्पणीमा उत्रिने र आक्रमणमै उत्रिने गरेका उदाहरण छन् ।

तर, तिनै राजनीतिक दलहरु बेला–बेला वृहत् एकता देखाउँदै एकमतका साथ एकै स्थानमा उभिएर उदाहरणीय कदमहरु पनि चाल्दै आएका छन् । पछिल्लो उदाहरण हो– सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा देखिएको दलहरुबीचको एकता । यसअघि मुलुकलाई संविधान दिँदा र भारतले अतिक्रमण गरेको भू–भाग समेटेर नयाँ नक्सामा जारी गर्दा एक ठाउँमा उभिएका दलहरुले फेरि टीआरसी विधेयकमा राष्ट्रिय सहमति गरेर उदाहरणीय काम गरेका छन् ।

विधेयकलाई पीडितमैत्री बनाउन र निष्पक्ष न्याय दिने अवस्था सिर्जना गर्नका लागि लामो समय छलफल गरेका दलहरु टीआरसी विधेयक पारित भएपछि द्वन्द्वकालीन समयमा भएका घटनाहरुको सत्यतथ्य रुपमा खोजी हुने, पीडितहरुले सहयोगसहितको परिपूरण पाउने अवस्था सिर्जना हुनेमा विश्वस्त देखिन्छन् ।

‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । यदि यही शान्ति प्रक्रिया यूरोप वा पश्चिमा मुलुकमा भएको भए सायद यसको मान्यता र यसलाई स्थापित गर्ने काम ठूलो परिमाणमा हुने थियो,’ प्रचण्डले भने, ‘संसारभर नै चल्ने युद्ध कि त हारमा परिणत भएका छन्, कि त सम्पूर्ण रुपले जितमा । तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाका रुपमा छ ।’

 


Thali Mobile Pvt.Ltd.