भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

संसद् पुनर्स्थापना चाहने दलले पनि बन्दसूची बुझाए, देश चुनावमा गइसक्यो : प्रचण्ड

संसद् पुनर्स्थापना चाहने दलले पनि बन्दसूची बुझाए, देश चुनावमा गइसक्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको बताएका छन् । सङ्खुवासभामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अब सर्वदलीय वा सर्वपक्षीय सरकार बन्ने सम्भावना समाप्त भएको स्पष्ट पारे ।

प्रचण्डका अनुसार सबै राजनीतिक दल निर्वाचनको तयारीमा जुटिसकेका छन् । “हिजो संसद् पुनर्स्थापनाको माग गर्ने दलहरू पनि थिए, केही समूहहरू विभिन्न मागसहित सडकमा देखिएका थिए,” उनले भने, “तर अहिले सबै राजनीतिक शक्तिहरू निर्वाचन नै एकमात्र विकल्प हो भन्ने निष्कर्षमा पुगेका छन् ।”  उनले संसद् पुनर्स्थापनाको पक्षमा रहेका दलहरूले समेत समानुपातिकतर्फको बन्दसूची बुझाइसकेको उल्लेख गरे । सबै दल निर्वाचन प्रक्रियामा सामेल भइसकेकाले यही सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने दाबीसमेत उनले गरे ।

प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा वैकल्पिक सरकार गठनको सम्भावना नरहेको र मुलुक अब पूर्ण रूपमा चुनावी दिशामा अगाडि बढिसकेको बताए ।

 


Thali Mobile Pvt.Ltd.