भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसद् पुनर्स्थापना चाहने दलले पनि बन्दसूची बुझाए, देश चुनावमा गइसक्यो : प्रचण्ड

संसद् पुनर्स्थापना चाहने दलले पनि बन्दसूची बुझाए, देश चुनावमा गइसक्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको बताएका छन् । सङ्खुवासभामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अब सर्वदलीय वा सर्वपक्षीय सरकार बन्ने सम्भावना समाप्त भएको स्पष्ट पारे ।

प्रचण्डका अनुसार सबै राजनीतिक दल निर्वाचनको तयारीमा जुटिसकेका छन् । “हिजो संसद् पुनर्स्थापनाको माग गर्ने दलहरू पनि थिए, केही समूहहरू विभिन्न मागसहित सडकमा देखिएका थिए,” उनले भने, “तर अहिले सबै राजनीतिक शक्तिहरू निर्वाचन नै एकमात्र विकल्प हो भन्ने निष्कर्षमा पुगेका छन् ।”  उनले संसद् पुनर्स्थापनाको पक्षमा रहेका दलहरूले समेत समानुपातिकतर्फको बन्दसूची बुझाइसकेको उल्लेख गरे । सबै दल निर्वाचन प्रक्रियामा सामेल भइसकेकाले यही सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने दाबीसमेत उनले गरे ।

प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा वैकल्पिक सरकार गठनको सम्भावना नरहेको र मुलुक अब पूर्ण रूपमा चुनावी दिशामा अगाडि बढिसकेको बताए ।

 


Thali Mobile Pvt.Ltd.