भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

थारू समुदायका प्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई माघी महोत्सवको औपचारिक निम्तो

थारू समुदायका प्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई माघी महोत्सवको औपचारिक निम्तो

काठमाडौं, २० पुस । थारू समुदायका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी माघी महोत्सवमा सहभागी हुन औपचारिक निम्तो दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा माघी महोत्सव मूल आयोजक समितिका संयोजक तथा थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले माघ १ गते टुँडिखेलमा आयोजना हुने माघी महोत्सवको निमन्त्रणापत्र प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष चौधरीले थारू समुदायका दीर्घकालीन माग र मुद्दाहरूको सम्बोधन गर्न आग्रह गर्दै संविधान जारी भएको एक दशक बितिसक्दा पनि निजामती सेवामा थारू समुदायको आरक्षण सुनिश्चित हुन नसकेको गुनासो व्यक्त गरे ।

प्रधानमन्त्री कार्कीले संविधान र कानुनले व्यवस्था गरेका हक अधिकार कार्यान्वयनमा अवरोध हुनु चिन्ताजनक भएको बताइन् । ‘संविधानले दिएको अधिकार कसले र किन रोक्यो भन्ने कुरा मैले पनि बुझ्न सकेकी छैन,’ उनले भनिन्, ‘संविधान र कानुनमा सुनिश्चित भइसकेका हकको प्रयोग कसैले रोक्न हुँदैन ।’ देश सबै समुदायको साझा फूलबारी भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले राज्यका सबै तहमा सबै समुदायको उचित प्रतिनिधित्व आवश्यक रहेको र समावेशी प्रतिनिधित्वबाट मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गरिन् ।

थारू समुदायले प्रत्येक वर्ष माघे संक्रान्तिका दिनलाई माघी पर्वका रूपमा सांस्कृतिक उत्सवसहित मनाउँदै आएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.