भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थारू समुदायका प्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई माघी महोत्सवको औपचारिक निम्तो

थारू समुदायका प्रतिनिधिद्वारा प्रधानमन्त्रीलाई माघी महोत्सवको औपचारिक निम्तो

काठमाडौं, २० पुस । थारू समुदायका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी माघी महोत्सवमा सहभागी हुन औपचारिक निम्तो दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा माघी महोत्सव मूल आयोजक समितिका संयोजक तथा थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले माघ १ गते टुँडिखेलमा आयोजना हुने माघी महोत्सवको निमन्त्रणापत्र प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष चौधरीले थारू समुदायका दीर्घकालीन माग र मुद्दाहरूको सम्बोधन गर्न आग्रह गर्दै संविधान जारी भएको एक दशक बितिसक्दा पनि निजामती सेवामा थारू समुदायको आरक्षण सुनिश्चित हुन नसकेको गुनासो व्यक्त गरे ।

प्रधानमन्त्री कार्कीले संविधान र कानुनले व्यवस्था गरेका हक अधिकार कार्यान्वयनमा अवरोध हुनु चिन्ताजनक भएको बताइन् । ‘संविधानले दिएको अधिकार कसले र किन रोक्यो भन्ने कुरा मैले पनि बुझ्न सकेकी छैन,’ उनले भनिन्, ‘संविधान र कानुनमा सुनिश्चित भइसकेका हकको प्रयोग कसैले रोक्न हुँदैन ।’ देश सबै समुदायको साझा फूलबारी भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले राज्यका सबै तहमा सबै समुदायको उचित प्रतिनिधित्व आवश्यक रहेको र समावेशी प्रतिनिधित्वबाट मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गरिन् ।

थारू समुदायले प्रत्येक वर्ष माघे संक्रान्तिका दिनलाई माघी पर्वका रूपमा सांस्कृतिक उत्सवसहित मनाउँदै आएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.