भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रकाशबाट चार्ज हुने क्वान्टम ब्याट्री विकास गरेको दाबी

अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रकाशबाट चार्ज हुने क्वान्टम ब्याट्री विकास गरेको दाबी

काठमाडौँ, १ बैशाख । अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रकाशको प्रयोग गरेर अत्यन्त छिटो चार्ज हुने क्वान्टम ब्याट्रीको नमूना विकास गरेको दाबी गरेका छन्।

यस विकासलाई वैज्ञानिकहरूले ऊर्जा प्रविधिको क्षेत्रमा ठूलो प्रगतिका रूपमा लिएका छन्। आरएमआइटी विश्वविद्यालय, मेलबर्न विश्वविद्यालय र राष्ट्रमण्डल वैज्ञानिक तथा औद्योगिक अनुसन्धान सङ्गठन (सिएसआईआरओ) का वैज्ञानिकहरूले संयुक्त रूपमा यो ब्याट्री विकास गरेका हुन्।

परम्परागत ब्याट्रीहरूले रासायनिक प्रतिक्रियामार्फत ऊर्जा सञ्चय गर्ने गर्दछन् भने क्वान्टम ब्याट्रीले प्रकाश–पदार्थ अन्तरक्रिया प्रयोग गरेर ऊर्जा भण्डारण गर्ने भएकाले चार्ज गर्न लामो समय कुर्नु नपर्ने बताइएको छ। यस ब्याट्रीको अर्को विशेषता भनेको यसको आकार बढ्दै जाँदा चार्ज हुने गति पनि बढ्दै जानु हो, जुन परम्परागत ब्याट्रीमा सम्भव हुँदैन।

वैज्ञानिकहरूका अनुसार यस प्रविधिले भविष्यमा विद्युतीय गाडी, मोबाइल उपकरण तथा अन्य विद्युतीय सामग्रीहरूलाई बिना तार टाढाबाटै चार्ज गर्ने सम्भावना देखाएको छ। यो प्रविधि व्यावसायिक रूपमा सफल भएमा भविष्यमा ऊर्जा प्रयोग गर्ने तरिका नै पूर्ण रूपमा परिवर्तन हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ।

 


Thali Mobile Pvt.Ltd.