भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रकाशबाट चार्ज हुने क्वान्टम ब्याट्री विकास गरेको दाबी

अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रकाशबाट चार्ज हुने क्वान्टम ब्याट्री विकास गरेको दाबी

काठमाडौँ, १ बैशाख । अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रकाशको प्रयोग गरेर अत्यन्त छिटो चार्ज हुने क्वान्टम ब्याट्रीको नमूना विकास गरेको दाबी गरेका छन्।

यस विकासलाई वैज्ञानिकहरूले ऊर्जा प्रविधिको क्षेत्रमा ठूलो प्रगतिका रूपमा लिएका छन्। आरएमआइटी विश्वविद्यालय, मेलबर्न विश्वविद्यालय र राष्ट्रमण्डल वैज्ञानिक तथा औद्योगिक अनुसन्धान सङ्गठन (सिएसआईआरओ) का वैज्ञानिकहरूले संयुक्त रूपमा यो ब्याट्री विकास गरेका हुन्।

परम्परागत ब्याट्रीहरूले रासायनिक प्रतिक्रियामार्फत ऊर्जा सञ्चय गर्ने गर्दछन् भने क्वान्टम ब्याट्रीले प्रकाश–पदार्थ अन्तरक्रिया प्रयोग गरेर ऊर्जा भण्डारण गर्ने भएकाले चार्ज गर्न लामो समय कुर्नु नपर्ने बताइएको छ। यस ब्याट्रीको अर्को विशेषता भनेको यसको आकार बढ्दै जाँदा चार्ज हुने गति पनि बढ्दै जानु हो, जुन परम्परागत ब्याट्रीमा सम्भव हुँदैन।

वैज्ञानिकहरूका अनुसार यस प्रविधिले भविष्यमा विद्युतीय गाडी, मोबाइल उपकरण तथा अन्य विद्युतीय सामग्रीहरूलाई बिना तार टाढाबाटै चार्ज गर्ने सम्भावना देखाएको छ। यो प्रविधि व्यावसायिक रूपमा सफल भएमा भविष्यमा ऊर्जा प्रयोग गर्ने तरिका नै पूर्ण रूपमा परिवर्तन हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ।

 


Thali Mobile Pvt.Ltd.