भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै, देवर–भाउजु र साली–भिनाजुबीच सिस्नु हान्ने रोचक परम्परा

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै, देवर–भाउजु र साली–भिनाजुबीच सिस्नु हान्ने रोचक परम्परा

काठमाडौं, १ बैशाख । सुदूरपश्चिम प्रदेशमा आज परम्परागत रूपमा मनाइने बिसु पर्व हर्षोल्लासका साथ मनाइँदैछ। यो पर्वका अवसरमा वर्षभरि देश तथा विदेशमा रहेका आफन्तजन घर फर्कने परम्परा रहेको छ।

बिसु पर्वमा नयाँ लुगा लगाउने, आफन्त तथा परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने चलन रहेको छ। पर्वका अवसरमा घरघरमा मासु, मालपुवा, खीर, पुरी, बटुक, माणालगायत मौलिक परिकारहरू तयार पारेर खाने गरिन्छ। बिहानैदेखि महिलाहरू घरायसी परिकार बनाउन व्यस्त रहने गर्छन्।

स्नानपछि देवदर्शन गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर टिकोटालो गर्ने, मिलेर परिकार खाने र भलाकुसारी गर्ने परम्परा रहेको छ। बिसु पर्वको सबैभन्दा रोचक र मौलिक पक्ष भनेको ‘सिस्नु लगाउने’ चलन हो।

यस परम्पराअनुसार देवर–भाउजु, नन्द–भाउजु तथा साली–भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर पर्व मनाउने गर्दछन्। यदि देवर, नन्द, साली वा भिनाजु नभएमा आफैँले भए पनि शरीरमा सिस्नु लगाउने परम्परा रहेको छ।

बिसुका दिन सिस्नु लगाउँदा वर्षभरि शरीरमा रोग नलाग्ने जनविश्वास रहेको छ। शरीरमा सिस्नु लगाउँदा छालामा भएका खटिरा निको हुने तथा छालासम्बन्धी रोग हट्ने विश्वास पनि स्थानीयमा पाइन्छ।

 


Thali Mobile Pvt.Ltd.