भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै, देवर–भाउजु र साली–भिनाजुबीच सिस्नु हान्ने रोचक परम्परा

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै, देवर–भाउजु र साली–भिनाजुबीच सिस्नु हान्ने रोचक परम्परा

काठमाडौं, १ बैशाख । सुदूरपश्चिम प्रदेशमा आज परम्परागत रूपमा मनाइने बिसु पर्व हर्षोल्लासका साथ मनाइँदैछ। यो पर्वका अवसरमा वर्षभरि देश तथा विदेशमा रहेका आफन्तजन घर फर्कने परम्परा रहेको छ।

बिसु पर्वमा नयाँ लुगा लगाउने, आफन्त तथा परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने चलन रहेको छ। पर्वका अवसरमा घरघरमा मासु, मालपुवा, खीर, पुरी, बटुक, माणालगायत मौलिक परिकारहरू तयार पारेर खाने गरिन्छ। बिहानैदेखि महिलाहरू घरायसी परिकार बनाउन व्यस्त रहने गर्छन्।

स्नानपछि देवदर्शन गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर टिकोटालो गर्ने, मिलेर परिकार खाने र भलाकुसारी गर्ने परम्परा रहेको छ। बिसु पर्वको सबैभन्दा रोचक र मौलिक पक्ष भनेको ‘सिस्नु लगाउने’ चलन हो।

यस परम्पराअनुसार देवर–भाउजु, नन्द–भाउजु तथा साली–भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर पर्व मनाउने गर्दछन्। यदि देवर, नन्द, साली वा भिनाजु नभएमा आफैँले भए पनि शरीरमा सिस्नु लगाउने परम्परा रहेको छ।

बिसुका दिन सिस्नु लगाउँदा वर्षभरि शरीरमा रोग नलाग्ने जनविश्वास रहेको छ। शरीरमा सिस्नु लगाउँदा छालामा भएका खटिरा निको हुने तथा छालासम्बन्धी रोग हट्ने विश्वास पनि स्थानीयमा पाइन्छ।

 


Thali Mobile Pvt.Ltd.