भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आजको प्रतिनिधिसभा बैठकमा दलसम्बन्धी बिधेयक प्रस्तुत, बैठक चल्न नदिने प्रतिपक्षको तयारी

आजको प्रतिनिधिसभा बैठकमा दलसम्बन्धी बिधेयक प्रस्तुत, बैठक चल्न नदिने प्रतिपक्षको तयारी

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्न लागेको आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसबन्धी दोस्रो संशोधन बिधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्नेछन् ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसबन्धी दोस्रो संशोधन बिधेयक २०८०’ लाई प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी तीन दलले संसद अवरोध गरेका थिए । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विवादमा परेका ४ मन्त्रीको राजीनामा माग्दै सदन अवरोध गरेका थिए ।

सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोपका कारण अवरुद्ध बैठक सञ्चालन गर्न नसकिने प्रतिपक्षी दलले अडान राखेको थियो । त्यसपछि सभामुख देवराज धिमिरेले प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकसँग छलफल गरेका थिए । आजको बैठक पनि चल्न नदिने प्रतिपक्ष दलहरुको तयारी रहेको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.