भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रत्यक्षतर्फ मनोनयन नजिकिँदै, दलहरूको सक्रियता तीव्र

प्रत्यक्षतर्फ मनोनयन नजिकिँदै, दलहरूको सक्रियता तीव्र

मुख्य बुँदा

प्रत्यक्षतर्फ मनोनयन गर्न दुई दिन मात्रै बाँकी

पर्सि मङ्गलवार उम्मेदवारी दर्ता

कांग्रेस उम्मेदवार सूची छोट्याउँदै

एमालेले १४१ क्षेत्रमा उम्मेदवार छानेको

नेकपाले २१ र रास्वपाले ८ क्षेत्रमा उम्मेदवार तय

आयोगको तयारी ९० प्रतिशत सम्पन्न

आज समानुपातिक बन्दसूची सार्वजनिक

काठमाण्डौ, ४ माघ । प्रतिनिधिसभा चुनाव आउन अब ४६ दिन बाँकी छ भने प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गर्न दुई दिन मात्रै बाँकी छ। निर्वाचन कार्यतालिकाअनुसार पर्सि मङ्गलवार प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन हुँदैछ।

मनोनयन दर्ताको समय नजिकिँदै जाँदा राजनीतिक दलहरूको सक्रियता बढेको छ। चुनावकै मुखमा विभाजन खेपेको नेपाली कांग्रेसले उम्मेदवार छनौटका लागि सिफारिस सूची छोट्याउँदै अन्तिम निर्णयको तयारी गरिरहेको जनाएको छ।

विशेष महाधिवेशनपछि बनेको नयाँ कार्यसमितिले पहिल्यै सिफारिस भएका नामहरूमध्येबाट उम्मेदवार टुंग्याउने तयारी गरेको छ। दोस्रो ठूलो दल नेकपा एमालेले हिजो बसेको सचिवालय बैठकबाट १ सय ६५ मध्ये १ सय ४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको छ।

बाँकी क्षेत्रमा उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २१ निर्वाचन क्षेत्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ८ निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरिसकेका छन्।

पर्सि मनोनयनको दिन भएकाले दलहरूले भोलिसम्म उम्मेदवार टुंग्याइसक्ने तयारी गरेका छन्। उम्मेदवार टुंगिएसँगै राजनीतिक वातावरण थप चुनावमय हुने देखिएको छ। निर्वाचन आयोगले पनि तयारीलाई तीव्र बनाएको छ।

७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।आयोगले आज समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गर्नेछ। यदि सूचीमा कुनै उम्मेदवार कानुनी रूपमा अयोग्य भए दाबी–विरोध दिन सकिनेछ।

समानुपातिकतर्फको अन्तिम सूची आउँदो २० गते सार्वजनिक हुने कार्यतालिका छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तयारीको हिसाबले चुनावसम्बन्धी काम ९० प्रतिशत सकिएको छ।

 


Thali Mobile Pvt.Ltd.