भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

प्रत्यक्षतर्फ मनोनयन नजिकिँदै, दलहरूको सक्रियता तीव्र

प्रत्यक्षतर्फ मनोनयन नजिकिँदै, दलहरूको सक्रियता तीव्र

मुख्य बुँदा

प्रत्यक्षतर्फ मनोनयन गर्न दुई दिन मात्रै बाँकी

पर्सि मङ्गलवार उम्मेदवारी दर्ता

कांग्रेस उम्मेदवार सूची छोट्याउँदै

एमालेले १४१ क्षेत्रमा उम्मेदवार छानेको

नेकपाले २१ र रास्वपाले ८ क्षेत्रमा उम्मेदवार तय

आयोगको तयारी ९० प्रतिशत सम्पन्न

आज समानुपातिक बन्दसूची सार्वजनिक

काठमाण्डौ, ४ माघ । प्रतिनिधिसभा चुनाव आउन अब ४६ दिन बाँकी छ भने प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गर्न दुई दिन मात्रै बाँकी छ। निर्वाचन कार्यतालिकाअनुसार पर्सि मङ्गलवार प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन हुँदैछ।

मनोनयन दर्ताको समय नजिकिँदै जाँदा राजनीतिक दलहरूको सक्रियता बढेको छ। चुनावकै मुखमा विभाजन खेपेको नेपाली कांग्रेसले उम्मेदवार छनौटका लागि सिफारिस सूची छोट्याउँदै अन्तिम निर्णयको तयारी गरिरहेको जनाएको छ।

विशेष महाधिवेशनपछि बनेको नयाँ कार्यसमितिले पहिल्यै सिफारिस भएका नामहरूमध्येबाट उम्मेदवार टुंग्याउने तयारी गरेको छ। दोस्रो ठूलो दल नेकपा एमालेले हिजो बसेको सचिवालय बैठकबाट १ सय ६५ मध्ये १ सय ४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको छ।

बाँकी क्षेत्रमा उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २१ निर्वाचन क्षेत्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ८ निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरिसकेका छन्।

पर्सि मनोनयनको दिन भएकाले दलहरूले भोलिसम्म उम्मेदवार टुंग्याइसक्ने तयारी गरेका छन्। उम्मेदवार टुंगिएसँगै राजनीतिक वातावरण थप चुनावमय हुने देखिएको छ। निर्वाचन आयोगले पनि तयारीलाई तीव्र बनाएको छ।

७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।आयोगले आज समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गर्नेछ। यदि सूचीमा कुनै उम्मेदवार कानुनी रूपमा अयोग्य भए दाबी–विरोध दिन सकिनेछ।

समानुपातिकतर्फको अन्तिम सूची आउँदो २० गते सार्वजनिक हुने कार्यतालिका छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तयारीको हिसाबले चुनावसम्बन्धी काम ९० प्रतिशत सकिएको छ।

 


Thali Mobile Pvt.Ltd.