भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीनको लङ मार्च–१२ बी रकेटको परीक्षण सफल

चीनको लङ मार्च–१२ बी रकेटको परीक्षण सफल

एजेन्सी । विश्वभर व्यावसायिक अन्तरिक्ष उद्योग तीव्र गतिमा विकास हुँदै गर्दा चीनले पनि यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। चीनको लङ मार्च–१२ बी रकेटको परीक्षण हिजो सफल भएसँगै चीन व्यावसायिक रकेट कार्यक्रममा अझ बलियो बनेको देखिएको हो।

लङ मार्च–१२ बी रकेट चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीले विकास गरेको नयाँ पुस्ताको पुनः प्रयोगयोग्य रकेट हो। यो रकेट विशेष गरी न्यून पृथ्वी कक्ष (लो अर्थ अर्बिट) का उपग्रह तैनाथ गर्न डिजाइन गरिएको हो। यस रकेटमा २० टनसम्म तौल बोक्ने क्षमता रहेको छ।

कम्पनीका अनुसार परीक्षणले रकेटको डिजाइनको सम्भाव्यता र विश्वसनीयता पूर्ण रूपमा पुष्टि गरेको छ। पछिल्ला वर्षहरूमा अमेरिकाको स्पेसएक्स र ब्लू ओरिजिनजस्ता निजी कम्पनीहरूले व्यावसायिक अन्तरिक्ष उद्योगमा ठूलो सफलता पाइसकेका छन्।

चीनले पनि आफ्नो व्यावसायिक रकेट कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ। सेरेस–१ जस्ता ठोस इन्धन प्रयोग गर्ने साना व्यावसायिक रकेटहरू लागत प्रभावी र छिटो तयार हुने भएकाले साना उपग्रह प्रक्षेपणमा लोकप्रिय बन्दै गएका छन्।

विश्वको व्यावसायिक अन्तरिक्ष उद्योग सन् २०४० सम्ममा एक खर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ। बढ्दो बजारमा चीनको सक्रियताले अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा अझ तीव्र बनाउने देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.