भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

भगवती जात्रा अवलोकन गर्न राष्ट्रपति भोलि पाल्पा जादैँ

भगवती जात्रा अवलोकन गर्न राष्ट्रपति भोलि पाल्पा जादैँ

काठमाडौं । ऐतिहासिक भगवती जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार तानसेन जाने भएका छन्। कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनमा निस्कने ऐतिहासिक भगवती जात्राको अवलोकन गर्न उनी तानसेन जाने कार्यक्रम तय भएको हो।

राष्ट्रपति पौडेलले भगवतीको दर्शन, पूजा गर्नुका साथै रथ परिक्रमाको अवलोकन गर्ने र भेटघाटमा सहभागी हुने कार्यक्रम तय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए। भगवती जात्राको दिन लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको घोषणा गरेको छ।

वि.सं.१८७१/०७२ मा नेपाल-अङ्ग्रेज युद्धमा अङ्ग्रेज फौजलाई पराजित गरेपछि तत्कालीन कर्णेल उजिरसिंह थापाले भगवती जात्रा चलाएका थिए। भगवतीको भाकल गरेर युद्धमा विजयी भएपछि कर्णेल थापाले १८७७ देखि भगवतीको रथ तानसेन बजारमा परिक्रमा गराउने चलन चलाको बताइन्छ।

 

 


Thali Mobile Pvt.Ltd.