भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

एमाले वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी, उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित

एमाले वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी, उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित

काठमाडौं। नेकपा ९एमाले०को प्रथम वाग्मती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेललाई निर्वाचित गरेको छ।

गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निवाचित भएका छन्।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टीका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले विजयीलाई बधाई दिएका थिए। अधिवेशनमा कूल प्रतिनिधि १ हजार १ सय ७२ रहेकामा १ हजार १ सय ३१ जनाले मतदानमा भाग लिएका थिए।

अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिएका थिए। यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्‍न भएको थियो।

 


Thali Mobile Pvt.Ltd.