भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

गुणस्तरीय र उत्पादनशील जीवनबाट वञ्चित गरेका कारण १५ करोड जनता गरिबीको रेखामुनि

गुणस्तरीय र उत्पादनशील जीवनबाट वञ्चित गरेका कारण १५ करोड जनता गरिबीको रेखामुनि

एजेन्सी । अफ्रिकाका १५ करोडभन्दा बढी मानिस गरिबीको रेखामुनि रहेका छन् । स्वास्थ्य क्षेत्रमा हुने खर्चका कारण उफ्रिकामा उक्त संख्याका मानिसहरु गरिबीको रेखामुनी भएको तथ्यांक सार्वजनिक भएको हो ।

अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च महाद्वीपका कमजोर नागरिकहरूका लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्तिएको जानकारी दिए ।

यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्छ, जसले उनीहरूको अवस्था बिग्रन सक्ने उहाँको भनाइ छ । सन् २००० र सन् २०१९ बिचको अवधिमा आफ्नो घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको संख्या वार्षिक २५ लाखले बढेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्यांक अनुसार गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेका कारण १५ करोड जनता गरिबीको रेखामुनि गएको उल्लेख छ । विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सार्वजनिक गरेको ‘ट्र्याकिङ फाइनान्सियल प्रोटेक्शन’ प्रतिवेदनमा डब्ल्यूएचओले उक्ततथ्याङ्क उल्लेख गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.