DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गुणस्तरीय र उत्पादनशील जीवनबाट वञ्चित गरेका कारण १५ करोड जनता गरिबीको रेखामुनि

गुणस्तरीय र उत्पादनशील जीवनबाट वञ्चित गरेका कारण १५ करोड जनता गरिबीको रेखामुनि image

एजेन्सी । अफ्रिकाका १५ करोडभन्दा बढी मानिस गरिबीको रेखामुनि रहेका छन् । स्वास्थ्य क्षेत्रमा हुने खर्चका कारण उफ्रिकामा उक्त संख्याका मानिसहरु गरिबीको रेखामुनी भएको तथ्यांक सार्वजनिक भएको हो ।

अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च महाद्वीपका कमजोर नागरिकहरूका लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्तिएको जानकारी दिए ।

यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्छ, जसले उनीहरूको अवस्था बिग्रन सक्ने उहाँको भनाइ छ । सन् २००० र सन् २०१९ बिचको अवधिमा आफ्नो घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको संख्या वार्षिक २५ लाखले बढेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्यांक अनुसार गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेका कारण १५ करोड जनता गरिबीको रेखामुनि गएको उल्लेख छ । विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सार्वजनिक गरेको ‘ट्र्याकिङ फाइनान्सियल प्रोटेक्शन’ प्रतिवेदनमा डब्ल्यूएचओले उक्ततथ्याङ्क उल्लेख गरेको हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.