भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

रवि लामिछानेले भने, ‘म सुरक्षित छैन’

रवि लामिछानेले भने, ‘म सुरक्षित छैन’

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन्। बुधबार सिसीटिभीबाट खिचिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि लामिछानेले आफू सुरक्षित नभएको महसुश गरेको बताएका हुन् ।

बिहीबार बिहानै भेट्न पुगेका रास्वपा कोषाध्यक्ष दीपक बोहरा लामिछानेको भनाई उद्धृत गर्दै बोहराले भने, ‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ। छानबिन हुनुपर्छ।’

लामिछानेको हिरासतमा रहेका सिसिटिभी फोटो सार्वजनिक भएपछि कास्की प्रहरीले कसलाई पठायो छानबिन हुनुपर्ने रास्वपाका नेताहरुले माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.