भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

पूर्वतिर सर्दै वर्षा प्रणाली : कोशीसहित पूर्वी जिल्लामा चट्याङ जोखिम, सतर्क रहन आग्रह

पूर्वतिर सर्दै वर्षा प्रणाली : कोशीसहित पूर्वी जिल्लामा चट्याङ जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ, २६ चैत्र । नेपालका पूर्वी तथा मध्य भागमा आज बिहानैदेखि मौसम बदली भई वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा अहिले साधारणतया बादल लागेको छ।

विशेषगरी कोशी प्रदेश का केही स्थानहरूमा तथा मधेश प्रदेश र बागमती प्रदेश का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। वर्षा गराउने मौसमी प्रणाली अहिले क्रमशः पूर्वी दिशातर्फ सर्ने क्रममा रहेको छ।

महाशाखाका अनुसार चट्याङसहितको वर्षा गराउने बादल विशेषगरी इलाम जिल्ला, पाँचथर जिल्ला, तेह्रथुम जिल्ला र ताप्लेजुङ जिल्ला लगायतका पूर्वी भू–भागतर्फ अघि बढिरहेको छ। ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।

पहाडी भू–भागमा वर्षासँगै चट्याङको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.