भर्खरै : Sorry, your browser does not support inline SVG.
कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण | चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प, २ जनाको मृत्यु र १ बेपत्ता | सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए स् खोटाङ पूर्वी तराईसँग सीधा यातायात | बाँझो बलौटे जमिनमा तरबुजा खेतीस् दैनिक १२ हजार कमाउँदै सुन्दर | यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने | नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो | फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद | केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा |

राजमार्गमै अवतरण भयो मोदी सवार विमान , नेपालमा हाईवे रनवे योजना अझै अलपत्र

राजमार्गमै अवतरण भयो मोदी सवार विमान , नेपालमा हाईवे रनवे योजना अझै अलपत्र

काठमाडौं, ३ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार विमान आसाम राज्यको डिब्रुगढ नजिक रहेको मोरान बाइपास सडकमा सफलतापूर्वक अवतरण गरेको छ । भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमानले विशेष रूपमा तयार गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ELF)युक्त सडकमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

करिब साढे चार किलोमिटर लामो उक्त विशेष सडक करिब १०० करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । सामान्य अवस्थामा सवारीसाधन चल्ने यो सडक आवश्यक पर्दा वैकल्पिक रनवेका रूपमा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ । यसमा लडाकु तथा यातायात विमान दुवै अवतरण गर्न सक्छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले आफू रनवे नभई राजमार्गमा अवतरण गरेको उल्लेख गर्दै यसलाई पूर्वाधार विकासको नयाँ उपलब्धि बताएका छन् । उनले विगतमा बिग्रिएको सडकका लागि चिनिएको क्षेत्र अहिले आधुनिक पूर्वाधारको उदाहरण बनेको बताएका थिए ।

इमरजेन्सी ल्यान्डिङ फेसिलिटी किन महत्वपूर्ण ?

यस्ता सडक युद्ध , विपद् वा मुख्य एयरबेस बन्द भएको अवस्थामा अत्यन्त उपयोगी हुन्छन् । यदि मुख्य विमानस्थल क्षतिग्रस्त भएमा वैकल्पिक अवतरण स्थलको रूपमा प्रयोग गर्न सकिन्छ । साथै राहत सामग्री ढुवानी , सुरक्षात्मक तैनाथी र रणनीतिक गतिविधिमा पनि यसको भूमिका महत्वपूर्ण हुन्छ । भारत सरकारले राजस्थान , उत्तर प्रदेश , तमिलनाडु लगायतका क्षेत्रमा यस्ता संरचना निर्माण गरिसकेको छ र देशभर २८ वटा यस्ता सुविधा बनाउने योजना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

नेपालमा किन कार्यान्वयन भएन योजना ?

नेपालले पनि राष्ट्रिय राजमार्गका उपयुक्त खण्डलाई आपतकालीन विमान अवतरणयोग्य बनाउने योजना अघि सारेको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी ले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने घोषणा गरेकी थिइन् । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त योजना बजेटमा समेत समेटेको थियो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडा ले राजमार्गको दायाँबायाँ खाली क्षेत्र राखी आपतकालीन अवतरण सम्भव बनाइने बताएका थिए ।

तर योजना घोषणा र बजेट विनियोजन भए पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा यो अवधारणा हालसम्म कागजमै सीमित रहेको छ । अहिले भने नेपालमा सडक विस्तार र नयाँ सडक निर्माण कार्य जारी रहे पनि हाईवेलाई रनवे बनाउने अवधारणा अघि बढ्न सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.