रौतहटमा मोटरसाइकल दुर्घटना , श्रीमान्–श्रीमती दुवैको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटना , श्रीमान्–श्रीमती दुवैको मृत्यु

रौतहट, ३ फागुन । रौतहटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतीको ज्यान गएको छ । दुर्घटना दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिक भएको प्रहरीले जनाएको छ । बिहान करिब साढे पाँच बजे गंगापिपराबाट **गौर**तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती गम्भीर घाइते भएका थिए । उनीहरू टाउको , मुख तथा शरीरका विभिन्न भागमा चोट लागेर अचेत अवस्थामा फेला परेका थिए ।

घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णु प्रदीप बस्याल ले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.