भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

सिन्धुलीमा जीप दुर्घटनामा हुँदा दुई जनाको ज्यान गयो

सिन्धुलीमा जीप दुर्घटनामा हुँदा दुई जनाको ज्यान गयो

काठमाण्डौ । सिन्धुलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिकै बा २० च ८२८३ नम्बरको जीप दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल र उदय मगरको ज्यान गएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।

गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाममा तरकारी तथा खाद्यान ओसार पसार गर्ने क्रममा गाडी दुर्घटनामा परेको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले ती तिनै जनालाई उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.