भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

राष्ट्रिय सभा बैठक , यस्तो छ आजको कार्यसूची

राष्ट्रिय सभा बैठक , यस्तो छ आजको कार्यसूची

काठमाडौँ, ९ माघ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा सभालाई जानकारी गराउने कार्यसूची रहेको छ । साथै राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचना पढेर सुनाइनेछ । त्यसैगरी विकास , आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन , २०८२ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक , २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न अध्यादेशहरू राष्ट्रिय सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा अध्यक्षले पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य ऋषिकेश गौतम , पूर्वमन्त्री , संविधानसभा सदस्य एवं प्रतिनिधि सभाका पूर्वसदस्य मोहम्मद आफ्ताव आलम , राष्ट्रिय सभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ , पूर्वमन्त्री , प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका पूर्वसदस्य आमोदप्रसाद उपाध्याय तथा पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.