भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काभ्रेपलाञ्चोकका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोकका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक, ९ माघ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा रहेका ८८ मतदानस्थल संवेदनशील रहेको जनाएको छ । तीमध्ये २३ मतदानस्थल ‘अति संवेदनशील’ श्रेणीमा रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख कोमल शाहले अति संवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिने बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निर्वाध रूपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । उनका अनुसार जिल्लामा निर्वाचन सुरक्षाका लागि दुई हजार २६९ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ । त्यसैगरी नेपाल प्रहरीबाट एक हजार ११५ जना र सशस्त्र प्रहरीबाट ३५० जना सुरक्षाकर्मी परिचालन गर्ने योजना रहेको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा कायम तीन लाख २६ हजार ६११ मतदातामध्ये एक लाख ६७ हजार ४९९ पुरुष , एक लाख ५९ हजार ११० महिला र दुई जना अन्य लिङ्गका मतदाता रहेका छन् ।

यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा निर्वाचन प्रहरी छनोटअन्तर्गत बिहीबार धुलिखेलमा निर्वाचन प्रहरीको लिखित परीक्षा तथा अन्तर्वार्ता सञ्चालन गरिएको छ । माग भएको निर्वाचन प्रहरी सङ्ख्याका लागि दुई हजार ४९३ जनाले आवेदन दिएका थिए । तीमध्ये दुई हजार २८३ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा कुल ४२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा १५ दल र तीन स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नम्बर–२ मा १६ दल र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर–२ मा दुई दलका र एक जना स्वतन्त्र गरी तीन जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा अन्य समूहबाट एक जना उम्मेदवार रहेका छन् भने ११ जना स्वतन्त्र उम्मेदवार छन् । दलित समुदायबाट उम्मेदवार नभएको र जनजातितर्फबाट २५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.