भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

रास्वपाले थाल्यो आजदेखि दबाव अभियान

रास्वपाले थाल्यो आजदेखि दबाव अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु भएको छ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियान आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने रास्वपाले जनाएको छ ।

पार्टी पदाधिकारी र सांसदहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियान उद्घाटन हुने भएको छ । रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी हुन लागेको बताए । सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्दैछन् ।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जना सहभागि भएका छन् । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीनरतीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.