भर्खरै : Sorry, your browser does not support inline SVG.
असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन |

कर सप्ताह सुरूः पहिलो दिन करदाता सम्मानित

कर सप्ताह सुरूः पहिलो दिन करदाता सम्मानित

भक्तपुर । राष्ट्रिय कर दिवस–२०८० को अवसरमा आन्तरिक राजश्व कार्यालय भक्तपुरले व्यवसायीसँग शुभकामना आदानप्रदान गरेको छ । नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनलाई स्मरण गर्दै मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ ।

‘स्वच्छ पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मंसिर १ गतेदेखि ७ गतेसम्म आन्तरिक राजश्व कार्यालय भक्तपुरले विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउने कर अधिकृत दिपक खनालले बताए ।

कर सप्ताहको पहिलो दिन हिजो कार्यालयको सभाहलमा शुभकामना आदानप्रदान गरेको प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले बताए । विगतमा भन्दा अहिले कर प्रणालीमा व्यापक सुधार भइसकेको उनको भनाइ छ । कर प्रणाली अझै सुधार गर्नुपर्ने भन्दै उनले आगामी दिनमा अझ बढी प्रणालीगत सुधार हुने विश्वास व्यक्त गरे ।

शिक्षा र जनचेतनाको अभावका कारण अधिकाँश करदाताहरुले जरिवाना तिरिरहेको उनको भनाइ छ । करदाताबाट जरिवाना अशुल्ने उद्देश्य आन्तरिक राजश्व कार्यालयको नभएको भन्दै करदातालाई नियमानुसार समयमा कर दाखिला गरी जरिवानाबाट बच्न आग्रह गरे ।

आगामी दिनमा करदाताहरुलाई कर प्रणालीबारे सचेतना जगाउन वार्षिक क्यालेन्डर तालिका बनाएर कार्यक्रमहरु सञ्चालन गरिने बताए । कार्यक्रममा व्यवसायीले करदाता व्यवसायी र कार्यालयबीच सुमधुर सम्बन्ध हुनुपर्ने, प्राविधिक ज्ञानको कमीले व्यवसायीहरु जरिवाना तिर्न बाध्य भएको,

कुन क्षेत्रका व्यवसायीहरुलाई जुन किसिमको कर शिक्षा आवश्यक छ ? तालिम दिनु पर्ने, कर प्रणालीका थुप्रै नीतिगत समस्याहरु समाधानमा ध्यान दिनु पर्ने धारणा राखेका थिए । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग संघ, भक्तपुर किराना तथा खाद्य व्यवसायी संघ,

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको सहभागिता रहेको थियो । व्यवसायीले कर करले होइन, रहरले तिर्ने वातावरण बनाउन आन्तरिक राजश्व कार्यालय प्रमुखलाई आग्रह गरेका थिए ।

कर सप्ताहको पहिलो दिन सूर्यविनायक नगरपालिकास्थित सुरज किराना पसलका प्रोप्राइटर सुरज माकजूलाई सम्मान गरिएको छ । उनलाई कार्यालयले सम्मान गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.