भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

रसुवामा भीषण बाढी : १८ जना बेपत्ता, मितेरी पुल र भन्सार यार्ड बगायो

रसुवामा भीषण बाढी : १८ जना बेपत्ता, मितेरी पुल र भन्सार यार्ड बगायो

काठमाडौँ, २४ असार । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित ल्हेन्दे खोलामा आएको भीषण बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ। बाढीका कारण १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्धार गरिएको छ।

नेपाल–चीन सिमानास्थित टिमुरेमा रहेको मितेरी पुलसहित भन्सार कार्यालय परिसरसमेत बगाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बेपत्तामध्ये ६ जना नेपाली कामदार, ६ जना चिनियाँ कामदार, ३ जना प्रहरी र ३ जना गाडी चालक छन्।

बाढीमा फसेका ३० देखि ३५ जना कामदार भने हाल सुरक्षित रहेको बताइएको छ। गत राति परेको अविरल वर्षासँगै आएको बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल नै बगाएको छ। पुल बगाएसँगै रसुवा हुँदै चीन जाने सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ।

साथै, भन्सार यार्डमा रहेका दर्जनौँ गाडी पनि बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार छिमेकी चीनतर्फ परेको अत्यधिक वर्षाका कारण बाढी आएको हो। बाढीले भोटेकोशी नदीको बहाव उच्च बनाएको छ र त्रिशूली नदीमा समेत जोखिम बढेको छ।

पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड पनि सडक कटान र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। रसुवागढी हाइड्रोपावरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रशासनले बाढी प्रभावित क्षेत्रमा आवतजावत नगर्न र जोखिमयुक्त स्थानमा नबस्न अपिल गरेको छ। उद्धार र राहत कार्यका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.