भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

सुदूरपश्चिममा भीषण वर्षा : बाढी, पहिरो र डुबानको जोखिम उच्च

सुदूरपश्चिममा भीषण वर्षा : बाढी, पहिरो र डुबानको जोखिम उच्च

धनगढी, २४ असार । सुदूरपश्चिमका विभिन्न जिल्ला लगातारको वर्षाले प्रभावित छन्। जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बैतडीको गोठलापानी, सिद्धपुर, दार्चुलाको गोकुले क्षेत्र, डडेलधुराको साहुखर्क, डोटीको पश्चिम सेती, दीपायल र झिंग्राना, बझाङको कालुखेती र अछामका धेरै ठाउँमा निरन्तर वर्षा भइरहेको छ।

त्यस्तै, कैलालीको लम्की, टीकापुर र कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा पनि भारी वर्षा जारी रहेको छ। विभागले पहाडी तथा तराई दुबै भू-भागमा सतर्कता अपनाउन आग्रह गरेको छ।

ठूला खोलानालामा पानीको बहाव बढिरहेको र कतिपय क्षेत्रमा डुबान सुरु भइसकेको विज्ञहरूले जनाएका छन्। नदी किनार र पहिरो सम्भावित स्थानमा नजान अनुरोध, स्थानीय तहलाई सतर्कता र उद्धार तयारीमा रहन सुझाव,  संचार र यातायात प्रणालीमा अवरोधको सम्भावना रहेकाे छ ।

सुदूरपश्चिमका बासिन्दालाई सावधानी अपनाउन तथा जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा सर्न विभागले अपिल गरेको छ।

 


Thali Mobile Pvt.Ltd.