भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

त्रिशूली नदीको बाढीमा फसेका दम्पतीको हेलिकोप्टरबाट उद्धार

त्रिशूली नदीको बाढीमा फसेका दम्पतीको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ, २४ असार । नुवाकोटको विदुर नगरपालिका–९ त्रिवेणीघाटमा बाढीले फसेका एक दम्पतीलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत सकुशल उद्धार गरेको छ।

६७ वर्षीय पाल्देन तामाङ र ६२ वर्षीया उनकी श्रीमती मंगली तामाङ त्रिशूली नदी किनारमा घाँसदाउरा गर्दै गर्दा अचानक बाढी आएपछि रुखमा चढेर बचाउको पर्खाइमा थिए।

त्रिशूली नदीमा पानीको बहाव सतर्कता तह पार गरेपछि उद्धार कार्यमा हेलिकोप्टर परिचालन गरिएको थियो।  अहिले बेत्रावती जलमापन केन्द्रमा नदीको सतह उच्च रहेको जल तथा मौसम विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.