भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

समानुपातिक सांसद टुंगो र विधान संशोधनका लागि रास्वपा सचिवालय बैठक

समानुपातिक सांसद टुंगो र विधान संशोधनका लागि रास्वपा सचिवालय बैठक

काठमाडौँ, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। बैठकले समानुपातिकतर्फका सांसद चयन र पार्टी विधान संशोधनसम्बन्धी विषयमा निर्णय गर्ने तयारी गरिएको छ।

निर्वाचन आयोगले समानुपातिक सिट पाएका राजनीतिक दलहरूलाई भोलिसम्म उम्मेदवारको नामावली पेस गर्न पत्राचार गरेपछि रास्वपाले सचिवालय बैठक बोलाएको हो। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ।

आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउनुका साथै विधान संशोधनका लागि प्रस्ताव तयार गर्ने जनाइएको छ। उक्त प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्नेछ।

हालको विधानअनुसार पार्टीका सबै सदस्यको मतदानबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। तर, समय सान्दर्भिक बनाउन सो व्यवस्था परिमार्जन गर्ने तयारी रास्वपाले गरेको छ।

चुनावअघि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिएको थियो। उनलाई संसदीय दलको नेता चयन गरी सरकार गठन प्रक्रिया अघि बढाउने रणनीतिमा पार्टी रहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.