भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

दैलेखको नौमूले गाउँपालिकामा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मिलन २०८३’ हुने

दैलेखको नौमूले गाउँपालिकामा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मिलन २०८३’ हुने

दैलेख, २ बैशाख । कर्णाली प्रदेशको मौलिक कला, लोक नृत्य र नाट्य परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको नौमूले गाउँपालिकामा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मिलन २०८३’ आयोजना हुने भएको छ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नौमूले गाउँपालिकाको सहकार्यमा यही वैशाख ४ र ५ गते दुई दिने सम्मिलन सञ्चालन हुने भएको हो।

कार्यक्रमबारे जानकारी दिन दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमालले कर्णालीका १० वटै जिल्लाका मौलिक लोक नृत्य तथा लोक नाट्य एउटै मञ्चमा प्रस्तुत गरिने जानकारी दिनुभयो। 

सम्मिलन तीन सत्रमा विभाजन गरिएको छ। पहिलो सत्रमा कर्णालीको लोक नृत्य तथा संस्कृतिको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे छलफल हुनेछ। दोस्रो सत्रमा १० वटै जिल्लाका स्रष्टा तथा कलाकारहरूलाई सम्मान गरिनेछ। तेस्रो सत्रमा मौलिक कला, लोकसंगीत, नृत्य र नाट्य प्रस्तुतिहरू प्रदर्शन गरिनेछ।

भौगोलिक चुनौतीका बाबजुद कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले जानकारी दिनुभयो। पाहुनाको बसोबास, खाना तथा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको छ। स्थानीय तहले आतिथ्य तथा व्यवस्थापन खर्च व्यहोर्नेछ भने कलाकारको यात्रा खर्च, प्राविधिक तथा सम्मान कार्यक्रम प्रज्ञा प्रतिष्ठानले सम्हाल्नेछ।

आयोजकका अनुसार कर्णाली प्रदेशमा मौलिक कला–संस्कृति धनी भए पनि यसको संरक्षण र प्रवर्द्धन अपेक्षित रूपमा हुन सकेको छैन। पुस्तान्तरणको अभावले मौलिक कला लोप हुने जोखिम बढेकाले यस्तो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।कार्यक्रममा दैलेखका ११ वटै स्थानीय तह तथा कर्णालीका अन्य ९ जिल्लाका कलाकारहरूको सहभागिता रहनेछ।

 


Thali Mobile Pvt.Ltd.