भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन

९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन

पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज भन्सार कार्यालयले ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन गरेको छ। सात अर्ब ९५ करोड रुपैयाँले गत आवको सोही अवधिमा संकलित रकममा बढी हो।

औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन बढेको कार्यालयले जनाएको छ । गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो।

यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ। कार्यालयले यो अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.