भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन

९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन

पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज भन्सार कार्यालयले ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व संकलन गरेको छ। सात अर्ब ९५ करोड रुपैयाँले गत आवको सोही अवधिमा संकलित रकममा बढी हो।

औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन बढेको कार्यालयले जनाएको छ । गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो।

यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ। कार्यालयले यो अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.