भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

नयाँ वर्षको पहिलो दिन सदर चिडियाखानामा झण्डै १८ हजारको भीड

नयाँ वर्षको पहिलो दिन सदर चिडियाखानामा झण्डै १८ हजारको भीड

ललितपुर, २ बैशाख । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा नयाँ वर्ष २०८३ को पहिलो दिन झण्डै १८ हजार जनाले अवलोकन गरेका छन् ।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला का अनुसार अरू दिनको तुलनामा नयाँ वर्षको दिन आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको हो ।

सामान्य दिनमा दैनिक औसत १५ सय जना चिडियाखानामा घुम्न आउने गरेका छन् भने वर्षभरिमा झण्डै १० लाखले चिडियाखानाको अवलोकन गर्ने गरेका छन् । यसबाट वार्षिक रूपमा करिब १८ करोड रुपैयाँसम्म आम्दानी हुने गरेको बताइएको छ ।

चिडियाखाना बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला रहनेछ । नेपाली नागरिकका लागि टिकट शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ भने बालबालिका र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति १०० रुपैयाँ लाग्ने व्यवस्था छ ।

त्यस्तै विदेशी पर्यटकका लागि दुई हजार रुपैयाँ र विदेशी बालबालिकाका लागि एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

 


Thali Mobile Pvt.Ltd.