भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नयाँ वर्षको पहिलो दिन सदर चिडियाखानामा झण्डै १८ हजारको भीड

नयाँ वर्षको पहिलो दिन सदर चिडियाखानामा झण्डै १८ हजारको भीड

ललितपुर, २ बैशाख । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा नयाँ वर्ष २०८३ को पहिलो दिन झण्डै १८ हजार जनाले अवलोकन गरेका छन् ।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला का अनुसार अरू दिनको तुलनामा नयाँ वर्षको दिन आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको हो ।

सामान्य दिनमा दैनिक औसत १५ सय जना चिडियाखानामा घुम्न आउने गरेका छन् भने वर्षभरिमा झण्डै १० लाखले चिडियाखानाको अवलोकन गर्ने गरेका छन् । यसबाट वार्षिक रूपमा करिब १८ करोड रुपैयाँसम्म आम्दानी हुने गरेको बताइएको छ ।

चिडियाखाना बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला रहनेछ । नेपाली नागरिकका लागि टिकट शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ भने बालबालिका र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति १०० रुपैयाँ लाग्ने व्यवस्था छ ।

त्यस्तै विदेशी पर्यटकका लागि दुई हजार रुपैयाँ र विदेशी बालबालिकाका लागि एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

 


Thali Mobile Pvt.Ltd.