भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

पोखरा विमानस्थलबाट यात्रुका लागि निःशुल्क सटल बस सेवा सञ्चालन

पोखरा विमानस्थलबाट यात्रुका लागि निःशुल्क सटल बस सेवा सञ्चालन

कास्की, १ बैशाख । नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क सटल बस सेवा सुरु गरिएको छ ।पोखरा महानगरपालिकाको पहलमा विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइएको हो । यो सेवा हिजोदेखि औपचारिक रूपमा सुरु गरिएको हो ।

सेवाको शुभारम्भ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले गर्नुभएको हो । महानगरपालिकाका अनुसार महानगर यातायात प्रालि, कृषि विकास बैंक र कामना सेवा विकास बैंकको सहकार्यमा यो सेवा सञ्चालन गरिएको छ ।

यो सेवा पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म निःशुल्क रहनेछ । त्यसपछि यात्रुबाट न्यूनतम शुल्क लिएर नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको महानगरले जनाएको छ ।

मेयर आचार्यका अनुसार विमानस्थलबाट शहरसम्म यात्रा गर्दा ट्याक्सी भाडा महँगो भएको गुनासो बढेपछि यात्रु र पर्यटकलाई सहज बनाउन सटल बस सेवा सुरु गरिएको हो ।

पहिलो चरणमा दुई वटा बस सञ्चालनमा ल्याइएको छ । बसले बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर सेवा दिने व्यवस्था मिलाइएको छ । विमानस्थल हुँदै दैनिक करिब ५ हजार यात्रु ओहोरदोहोर गर्ने भएकाले यो सेवाले यात्रुहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.