भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

साम्बाको समर्थनमा कालोपट्टि बाँधेर विरोध गर्न खोज्दा खेलाडीलाई मैदान प्रवेशमा रोक

साम्बाको समर्थनमा कालोपट्टि बाँधेर विरोध गर्न खोज्दा खेलाडीलाई मैदान प्रवेशमा रोक

काठमाडौँ, १२ फागुन । काठमाडौँमा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को समर्थनमा फ्रेन्स क्लबका खेलाडीले कालोपट्टि बाँधेर विरोध जनाउन खोज्दा मैदान प्रवेशमा रोक लगाइएको छ ।

साम्बाको उपचारप्रति अखिल नेपाल फुटबल संघले पर्याप्त चासो नदिएको आरोप लगाउँदै खेलाडीहरूले खेल सुरु हुनु अघि ऐक्यबद्धता जनाउन कालोपट्टि बाँधेर मैदानमा प्रवेश गर्ने प्रयास गरेका थिए । तर अखिल नेपाल फुटबल संघले कालोपट्टि बाँधेर खेल खेल्नु नियमविपरीत हुने जनाउँदै उनीहरूलाई रोक लगाएको हो । खेलाडीहरूले साम्बाको स्वास्थ्य उपचारप्रति जिम्मेवार निकाय गम्भीर बन्नुपर्ने माग राख्दै प्रतीकात्मक रूपमा विरोध गर्न खोजेका थिए । उनीहरूको कदमलाई साम्बाप्रति ऐक्यबद्धता र समर्थनका रूपमा हेरिएको छ ।

हाल अखिल नेपाल फुटबल संघको आयोजनामा राष्ट्रिय लिगअन्तर्गतका खेलहरू सञ्चालन भइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.