भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

पर्सामा शान्ति कायम गर्न सर्वदलीय बैठकको आह्वान, कर्फ्यू जारी

पर्सामा शान्ति कायम गर्न सर्वदलीय बैठकको आह्वान, कर्फ्यू जारी

पर्सा, ११ फागुन । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सद्भाव र संयमता अपनाउने निर्णय गरेको छ ।

वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा गएराति र आज बिहान भएको घटनापछि उत्पन्न हुन सक्ने सामाजिक तथा साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले घटनाबाट प्रभावित पक्षलाई उपचार तथा राहत उपलब्ध गराउन प्रशासनसँग समन्वय गर्ने, पीडित परिवारलाई कानुनी प्रक्रियामार्फत न्याय दिलाउन सहयोग गर्ने तथा सामाजिक सञ्जालमा उत्तेजक प्रचार–प्रसार नगर्न सबै पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने तथा साइबर कानुनविपरीत गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउने चेतावनी पनि दिएको छ । गाडी पार्किङको विषयमा सुरु भएको विवाद दुई पक्षबीच झडपमा परिणत भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरी सेना परिचालन गरेको जनाएको छ ।

यसअघि गौरमा पनि विवाह समारोहको विषयलाई लिएर विवाद उत्पन्न हुँदा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । यद्यपि रौतहट र वीरगञ्जका घटनाबीच कुनै सम्बन्ध नरहेको प्रहरीले स्पष्ट पारेको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले मधेशका विभिन्न स्थानमा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै उच्च सावधानीसहित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.