भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

बोनस प्रणाली सुधार गर्न माग गर्दै सामसङका कर्मचारीले शुरु गरे हडताल

बोनस प्रणाली सुधार गर्न माग गर्दै सामसङका कर्मचारीले शुरु गरे हडताल

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङका कर्मचारीले आजदेखि तीन दिने हडताल शुरु गरेका छन् ।

राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का झन्डै २८ हजार जना सदस्यले हडताल शुरु गरेका हुन् । उनीहरूले बोनस प्रणाली सुधार गर्न र कामदारको वार्षिक बिदामा केही दिन थप गर्न माग गरेका छन् ।

कर्मचारी युनियनका वरिष्ठ नेता ली ह्युन–कुकले माग सुनुवाइ नभए अर्को चरणको सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिनुभएको छ । सङ्घले आज सियोलमा रहेको सामसङको मुख्यालय नजिकै ठूलो र्‍याली निकाल्ने योजना बनाएको छ ।

विश्लेषकहरूले यो हडताल चिप उत्पादनमा ठूलो प्रभाव पार्ने सम्भावना नरहेको बताएका छन् । किनकि विश्वको सबैभन्दा ठूलो ुचिपु उत्पादक सामसङ स्वचालित उत्पादन प्रणालीमा गइसकेको छ । तर चीप उत्पादनबाहेकका अरू काममा भने असर पर्ने खबरमा उल्लेख छ ।

सामसङले गएको शुक्रवार मात्रै यो वर्षको दोस्रो त्रैमासिकमा मुनाफामा १५ गुणाले वृद्धि भएको अनुमान गरेको थियो । कर्मचारीको आन्दोलन बढ्दै गएमा नाफामा कमी आउन सक्ने देखिएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.