भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

आकस्मिक समयको सिमा घटाइयोः प्रतिनिधि सभामा आकस्मिक समय अब २ मिनेट मात्र

आकस्मिक समयको सिमा घटाइयोः प्रतिनिधि सभामा आकस्मिक समय अब २ मिनेट मात्र

काठमाडौं । प्रतिनिधि सभामा आकस्मिक समयको सिमा घटाइएको छ । यसअघि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको छ । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी दिए । दुई मिनेटपछि स्वचालित रुपमा सांसदको माइक काटिने प्रावधान पनि सभामुख घिमिरेले लागू गरे । यसअघि आकस्मिक समयमा तीन मिनट दिने गरिएको र तीन मिनेटमा समेत सभामुखले समय थप गर्न सक्ने गरी विवेकमा छाडिएको थियो ।

तर, यसो गर्दा आकस्मिक समय व्यवस्थित हुन नसकेको भन्दै सभामुख घिमिरेले समय घटाएर त्यसमा पनि स्वचालित रुपमा माइक काटिने प्रावधान लागू गरेका हुन् । नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ । आकस्मिक समयको प्रावधान समेत समावेश गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.