भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आकस्मिक समयको सिमा घटाइयोः प्रतिनिधि सभामा आकस्मिक समय अब २ मिनेट मात्र

आकस्मिक समयको सिमा घटाइयोः प्रतिनिधि सभामा आकस्मिक समय अब २ मिनेट मात्र image

काठमाडौं । प्रतिनिधि सभामा आकस्मिक समयको सिमा घटाइएको छ । यसअघि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको छ । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी दिए । दुई मिनेटपछि स्वचालित रुपमा सांसदको माइक काटिने प्रावधान पनि सभामुख घिमिरेले लागू गरे । यसअघि आकस्मिक समयमा तीन मिनट दिने गरिएको र तीन मिनेटमा समेत सभामुखले समय थप गर्न सक्ने गरी विवेकमा छाडिएको थियो ।

तर, यसो गर्दा आकस्मिक समय व्यवस्थित हुन नसकेको भन्दै सभामुख घिमिरेले समय घटाएर त्यसमा पनि स्वचालित रुपमा माइक काटिने प्रावधान लागू गरेका हुन् । नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ । आकस्मिक समयको प्रावधान समेत समावेश गरिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.