भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अक्टोबर ७ यता गाजामा मारिनेको संख्या १५ हजार २ सय नाघ्यो

अक्टोबर ७ यता गाजामा मारिनेको संख्या १५ हजार २ सय नाघ्यो

एजेन्सी । इजरायलले गाजापट्टीमा आक्रमण तीब्र पारेको छ । हमास र इजरायलबीच युद्धबिराम सकिएलगत्तै गाजापट्टीको खान युनिस शहरमा इजरायली सेनाले भीषण बमबारी गरेको हो । दुई दिनको आक्रमणमा कम्तिमा १ सय ९२ जनाको मृत्यु भइसकेको छ । इजरायलले हमास रहेको भन्दै गाजापट्टीका ४ सय स्थललाई लक्षित गरी हवाइ हमला तीब्र पारेको हो ।

यो आक्रमणलाई गाजामा हवाइ हमला युद्ध शुरुभए यताकै सबैभन्दा डरलाग्दो आक्रमणको रुपमा व्याख्या गरिएको छ । इजरायलले गाजापट्टीमा रहेका सर्वसाधारणलाई थप दक्षिणतर्फ जान उर्दी जारी गरेको केही समय लगत्तै हवाइ हमला शुरु गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पुर्ण रुपमा समाप्त पार्न र बन्धकहरुलाई सुरक्षित रुपमा रिहाइका लागि सैन्य कारबाही जारी राख्ने जनाउनु भएको छ । गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता गाजामा मारिनेको संख्या १५ हजार २ सय नाघेको छ ।

 


Thali Mobile Pvt.Ltd.