भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

अक्टोबर ७ यता गाजामा मारिनेको संख्या १५ हजार २ सय नाघ्यो

अक्टोबर ७ यता गाजामा मारिनेको संख्या १५ हजार २ सय नाघ्यो

एजेन्सी । इजरायलले गाजापट्टीमा आक्रमण तीब्र पारेको छ । हमास र इजरायलबीच युद्धबिराम सकिएलगत्तै गाजापट्टीको खान युनिस शहरमा इजरायली सेनाले भीषण बमबारी गरेको हो । दुई दिनको आक्रमणमा कम्तिमा १ सय ९२ जनाको मृत्यु भइसकेको छ । इजरायलले हमास रहेको भन्दै गाजापट्टीका ४ सय स्थललाई लक्षित गरी हवाइ हमला तीब्र पारेको हो ।

यो आक्रमणलाई गाजामा हवाइ हमला युद्ध शुरुभए यताकै सबैभन्दा डरलाग्दो आक्रमणको रुपमा व्याख्या गरिएको छ । इजरायलले गाजापट्टीमा रहेका सर्वसाधारणलाई थप दक्षिणतर्फ जान उर्दी जारी गरेको केही समय लगत्तै हवाइ हमला शुरु गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पुर्ण रुपमा समाप्त पार्न र बन्धकहरुलाई सुरक्षित रुपमा रिहाइका लागि सैन्य कारबाही जारी राख्ने जनाउनु भएको छ । गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता गाजामा मारिनेको संख्या १५ हजार २ सय नाघेको छ ।

 


Thali Mobile Pvt.Ltd.