भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

स्क्रब टाइफसबाट चारको मृत्यु

स्क्रब टाइफसबाट चारको मृत्यु

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो । ती सङ्क्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार चार सय ८५ जनाको परीक्षणमा पाँच सय १९ जनामा उक्त सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबै उपचारपछि घर फर्किएका थिए ।

 


Thali Mobile Pvt.Ltd.