भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण | टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन | शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने | राहदानी छपाइमा ‘अर्बौँको अनियमितता’ आरोप, लेखा समितिमा फाइल झिकाएर छानबिन गर्न सांसदहरूको माग | बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र क्षतिपूर्ति, सरकारले ५२ करोड रुपैयाँ वितरण गर्ने |

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

मुख्य बुँदा

एसईई २०८२ ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक।

१ लाख २९ हजार ११४ मध्ये ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण।

उत्तीर्ण प्रतिशत ६४.६९।

नतिजा वेबसाइट, एसएमएस, यूएसएसडी र आईभीआरमार्फत हेर्न सकिने।

परीक्षा मर्यादा उल्लङ्घन गरेको आरोपमा ७ जनाको परीक्षा रद्द।

काठमाडौं, २३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा १ लाख २९ हजार ११४ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको ६४.६९ प्रतिशत हो।

जीपीए विवरणअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्। त्यस्तै, १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन्।

बोर्डका अनुसार ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने कुनै पनि विद्यार्थी छैनन्। विद्यार्थीले आफ्नो नतिजा बोर्डले तोकेका वेबसाइट, आईभीआर, एसएमएस तथा यूएसएसडी सेवामार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।

नतिजामा चित्त नबुझे तोकिएको समयभित्र अनलाइनमार्फत पुनर्योग (Re-totaling) का लागि आवेदन दिन सकिने बोर्डले जनाएको छ। यसैबीच, परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका सात जना परीक्षार्थीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.