भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

मुख्य बुँदा

एसईई २०८२ ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक।

१ लाख २९ हजार ११४ मध्ये ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण।

उत्तीर्ण प्रतिशत ६४.६९।

नतिजा वेबसाइट, एसएमएस, यूएसएसडी र आईभीआरमार्फत हेर्न सकिने।

परीक्षा मर्यादा उल्लङ्घन गरेको आरोपमा ७ जनाको परीक्षा रद्द।

काठमाडौं, २३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा १ लाख २९ हजार ११४ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको ६४.६९ प्रतिशत हो।

जीपीए विवरणअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्। त्यस्तै, १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन्।

बोर्डका अनुसार ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने कुनै पनि विद्यार्थी छैनन्। विद्यार्थीले आफ्नो नतिजा बोर्डले तोकेका वेबसाइट, आईभीआर, एसएमएस तथा यूएसएसडी सेवामार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।

नतिजामा चित्त नबुझे तोकिएको समयभित्र अनलाइनमार्फत पुनर्योग (Re-totaling) का लागि आवेदन दिन सकिने बोर्डले जनाएको छ। यसैबीच, परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका सात जना परीक्षार्थीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.