भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

सात दल र ८६७ उम्मेदवारले अद्यावधिक गरे निर्वाचन खाता

सात दल र ८६७ उम्मेदवारले अद्यावधिक गरे निर्वाचन खाता

मुख्य बुँदा

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सात दलले निर्वाचन खाता अद्यावधिक

८६७ उम्मेदवारले बैंक खाता खोलेर विवरण बुझाएका

निर्वाचन प्रचारप्रसारका लागि आम्दानी र खर्च सोही खातामार्फत हुने व्यवस्था

आयोगले राजनीतिक दलसँग खर्च व्यवस्थापन र पारदर्शिता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ, ८ फागुन । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात राजनीतिक दल र ८६७ उम्मेदवारले निर्वाचन खाता अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझाएको छ। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिएको हो।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमा पालन तथा प्रभावकारी निगरानीको लागि निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ स्वीकृत र कार्यान्वयन गरिएको छ।

यस कार्यविधि अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिन दर्ता भएका दल र उम्मेदवारहरूले आफ्नो आम्दानी–खर्च सोही खातामार्फतै गर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले दलहरूसँग खर्च व्यवस्थापन र पारदर्शिताबारे छलफल कार्यक्रम समेत सम्पन्न गरेको छ। यस कार्यक्रममा सातै प्रदेशमा राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको सहभागिता रहने व्यवस्था गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.