भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सात दल र ८६७ उम्मेदवारले अद्यावधिक गरे निर्वाचन खाता

सात दल र ८६७ उम्मेदवारले अद्यावधिक गरे निर्वाचन खाता

मुख्य बुँदा

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सात दलले निर्वाचन खाता अद्यावधिक

८६७ उम्मेदवारले बैंक खाता खोलेर विवरण बुझाएका

निर्वाचन प्रचारप्रसारका लागि आम्दानी र खर्च सोही खातामार्फत हुने व्यवस्था

आयोगले राजनीतिक दलसँग खर्च व्यवस्थापन र पारदर्शिता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ, ८ फागुन । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात राजनीतिक दल र ८६७ उम्मेदवारले निर्वाचन खाता अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझाएको छ। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिएको हो।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमा पालन तथा प्रभावकारी निगरानीको लागि निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ स्वीकृत र कार्यान्वयन गरिएको छ।

यस कार्यविधि अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिन दर्ता भएका दल र उम्मेदवारहरूले आफ्नो आम्दानी–खर्च सोही खातामार्फतै गर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले दलहरूसँग खर्च व्यवस्थापन र पारदर्शिताबारे छलफल कार्यक्रम समेत सम्पन्न गरेको छ। यस कार्यक्रममा सातै प्रदेशमा राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको सहभागिता रहने व्यवस्था गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.