भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

प्रतिनिधिसभा विघटनविरुद्धको रिट फागुन २२ गते साधारण तारेखमा सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट फागुन २२ गते साधारण तारेखमा सुनुवाइ हुने

काठमाडौं, ८ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटलाई फागुन २२ गते साधारण तारेखमा सुनुवाइ गर्ने निर्णय गरेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्मा पौडेलले यही फागुन २२ गते सुनुवाइ हुने जानकारी दिनुभयो।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

नेकपा एमालेका सांसद र नेपाली कांग्रेसले फरक फरक रिट दायर गरेका थिए। लिखित जवाफ पेश भइसके पनि अदालतले साधारण तारेख मात्र दिएको छ। थप सुनुवाइको मिति हाल टुंगो लागेको छैन।

रिटमा प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको असंवैधानिक रूपमा पदमा नियुक्ति गरिएको निर्णय बदर गर्न माग राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.