भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

प्रधानमन्त्रीसँग वार्ता निष्कर्षविहीन, शिक्षकको आन्दोलन आज पनि जारी

प्रधानमन्त्रीसँग वार्ता निष्कर्षविहीन, शिक्षकको आन्दोलन आज पनि जारी

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि देशभरका शिक्षकहरूले आज पनि आन्दोलन जारी राख्ने भएका छन् । शुक्रबार राति अबेरसम्म भएको छलफलबाट कुनै ठोस सहमति नजुटेपछि उनीहरू रित्तो हात फर्किएका हुन् ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग,  त्यसपछि सभामुख देवराज घिमिरेसँग पनि संवाद भएको थियो । प्रधानमन्त्रीले आफू सकारात्मक रहेको प्रतिक्रिया दिए पनि,  शिक्षकहरू शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडानमा उभिए ।

सरकारले आउँदो वैशाख १२ गतेदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमार्फत शिक्षा ऐन ल्याउने योजना बनाएको जनाए पनि शिक्षकहरूले स्पष्ट कानुनी आधार नआउँदासम्म विद्यालय नफर्किने बताए ।

शिक्षक महासंघले आज शनिबार पनि माइतीघर मण्डलामा दिउँसो १२ बजे प्रदर्शन गर्ने घोषणा गरेको छ। अध्यक्ष सुवेदीले समग्र परिस्थितिलाई हेर्दा तत्काल आन्दोलन स्थगन गर्न नसकिने स्पष्ट पारेका छन्।

शिक्षकहरूको लगातार आन्दोलनले कक्षा १२ को बोर्ड परीक्षामा समेत असर पर्नसक्ने देखिएको छ। तर, राष्ट्रिय परीक्षा बोर्डले हालसम्म परीक्षा सार्ने विषयमा कुनै निर्णय नगरेको बताएको छ।

 

 


Thali Mobile Pvt.Ltd.