भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, ६ वैशाख । स्वास्थ्य सेवा विभागका अनुसार, आज र भोलि देशभरका ६ महिना देखि ५९ महिना उमेरका करीब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।

यस अभियानअन्तर्गत एक वर्षदेखि पाँच वर्षसम्मका लगभग १९ लाख बालबालिकालाई जुकाको औषधि दिइनेछ। साथै, बालबालिकामा कुपोषणको परीक्षण पनि गरिनेछ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले १५ हजार स्वास्थ्यकर्मीको सहयोगमा यो कार्य सम्पादन गर्दैछन्। भिटामिन ‘ए’ को कमी रोक्न र उपचारका लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको यो कार्यक्रम २०५९ सालदेखि देशभर लागू भएको हो। जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि लागू गरिएको छ र बालभिटा खुवाउने कार्य २०६४ सालदेखि भइरहेको छ।

प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा सरकारद्वारा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गरिएको छ। सरकारी तथ्यांक अनुसार, भिटामिन ‘ए’ को कमीका कारण नेपालमा प्रतिदिन एक बालबालिकाले आँखाको ज्योति गुमाउने समस्या भोगिरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.