भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

रुस-युक्रेन शान्ति वार्ता असफल भए अमेरिकाले मध्यस्थता छाड्ने : ट्रम्प

रुस-युक्रेन शान्ति वार्ता असफल भए अमेरिकाले मध्यस्थता छाड्ने : ट्रम्प

काठमाडौं, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता सफल नहुने संकेत देखिएमा अमेरिका वार्ताको मध्यस्थता प्रयासबाट पछि हट्ने चेतावनी दिएका छन्।

शुक्रबार ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “म केही दिनभित्र युद्धविरामको आशा गरिरहेको छैन, तर म चाहन्छु कि यो यथासक्य चाँडो होस्।” यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि स्पष्ट रूपमा भनेका थिए, “यदि युद्धविरामको कुनै संकेत देखिएन भने अमेरिका केही दिनमै मध्यस्थता प्रयास त्याग्नेछ।”

संभावित शान्ति सम्झौताबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “हामी यहाँ ती मानिसहरूको बारेमा कुरा गरिरहेका छौँ, जो मर्दै छन्। जति सकिन्छ रोक्ने प्रयास गर्छौँ। तर, यदि कुनै पक्षले यो प्रक्रिया अत्यन्तै जटिल बनायो भने हामी भन्छौं – तिमी मूर्ख हौ, बेवकूफ हौ र डरलाग्दा मानिस हौ – अनि हामी पछि हट्नेछौं।”

उनको यो अभिव्यक्ति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टीव विटकोफमाथि ‘रूसी प्रचार’ फैलाएको आरोप लगाएपछि आएको हो ।

 


Thali Mobile Pvt.Ltd.