भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

रुस-युक्रेन शान्ति वार्ता असफल भए अमेरिकाले मध्यस्थता छाड्ने : ट्रम्प

रुस-युक्रेन शान्ति वार्ता असफल भए अमेरिकाले मध्यस्थता छाड्ने : ट्रम्प

काठमाडौं, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता सफल नहुने संकेत देखिएमा अमेरिका वार्ताको मध्यस्थता प्रयासबाट पछि हट्ने चेतावनी दिएका छन्।

शुक्रबार ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “म केही दिनभित्र युद्धविरामको आशा गरिरहेको छैन, तर म चाहन्छु कि यो यथासक्य चाँडो होस्।” यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि स्पष्ट रूपमा भनेका थिए, “यदि युद्धविरामको कुनै संकेत देखिएन भने अमेरिका केही दिनमै मध्यस्थता प्रयास त्याग्नेछ।”

संभावित शान्ति सम्झौताबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “हामी यहाँ ती मानिसहरूको बारेमा कुरा गरिरहेका छौँ, जो मर्दै छन्। जति सकिन्छ रोक्ने प्रयास गर्छौँ। तर, यदि कुनै पक्षले यो प्रक्रिया अत्यन्तै जटिल बनायो भने हामी भन्छौं – तिमी मूर्ख हौ, बेवकूफ हौ र डरलाग्दा मानिस हौ – अनि हामी पछि हट्नेछौं।”

उनको यो अभिव्यक्ति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टीव विटकोफमाथि ‘रूसी प्रचार’ फैलाएको आरोप लगाएपछि आएको हो ।

 


Thali Mobile Pvt.Ltd.