भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक

गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक

काठमाडाैं, २६ चैत । गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ को लिरिकल भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका शशि रावलको शब्द र संगीत रहेको यो गीत श्रृंखलाले आफ्नै युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएकी हुन्। हाल अस्ट्रेलियामा बसोबास गरिरहेकी जोशीले प्रवासबाटै गीत-संगीतको क्षेत्रमा सक्रिय रहँदै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेकी छन्।

यसअघि ‘सिड्नी झाने रेल’ र ‘तिम्रो आवाज’ जस्ता गीतहरूबाट दर्शकको मन जितिसकेकी श्रृंखला देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी हुन् । आफ्ना बाबुको सांगीतिक विरासतलाई आत्मसात गर्दै उनले यो नयाँ गीतमार्फत पनि दर्शक र श्रोताको माया पाउने अपेक्षा राखेकी छन्। “बाबा जस्तै मेरा गीतहरूलाई पनि दर्शक र श्रोताले माया गरिदिनुहुन्छ भन्ने आशा छ,” उनले भनिन्।

प्रवासमा रहेर पनि नेपाली गीत-संगीतको कर्ममा निरन्तर लागिरहेकी जोशीको यो नयाँ प्रस्तुतिले उनका प्रशंसकहरूमाझ उत्साह थपेको छ। ‘छैन हो छैन’ गीतको लिरिकल भिडियोले छोटो समयमै चर्चा कमाउन थाली सकेकाे छ।

भिडियाे…

 


Thali Mobile Pvt.Ltd.