भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका

सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका

नामची (सिक्किम) । भारतको सिक्किम राज्यस्थित नामची जिल्लाको समरडुङ क्षेत्रमा भीषण वर्षापछि गएको पहिरोले टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङ पुरिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १९ जना मजदुर सुरुङभित्रै फसेको आशंका गरिएको छ।

प्रहरी उपरीक्षक सोनाम डोमा भोटियाका अनुसार हालसम्म आठ जनाको शव निकालिएको छ भने सुरुङभित्र फसेकाहरूको उद्धार कार्य निरन्तर जारी छ। लगातारको वर्षा, खराब मौसम र कठिन भूभागका कारण उद्धार अभियानमा चुनौती थपिएको उनले बताए।

प्रारम्भिक उद्धार प्रयासका क्रममा सुरुङभित्र प्रवेश गरेका तीन जनामध्ये दुई जना बाहिर निस्कन नसकेको जनाइएको छ। सुरुङभित्र करिब तीन किलोमिटर गहिराइसम्म मजदुरहरू फसेको आशंका गरिएकाले उद्धार कार्य जटिल बनेको छ।

जिल्ला अधिकारी अनुपा ताम्लिङका अनुसार घटनाका बेला निजी निर्माण कम्पनीका १९ जना र एनएचपीसीका ६ जना मजदुर घटनास्थलमा कार्यरत थिए। उक्त सुरुङ एनएचपीसीको टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको हो।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ–गोलेले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

उनले जिल्ला प्रशासन, प्रहरी, राज्य आपत्कालीन प्रतिक्रिया बल (एसडीआरएफ), अग्निनियन्त्रक सेवा तथा राष्ट्रिय आपत्कालीन प्रतिक्रिया बल (एनडीआरएफ) का टोलीहरू घटनास्थलमा परिचालित भई उद्धार कार्यलाई तीव्र बनाइरहेको जानकारी दिएका छन्।

उद्धार टोलीले मौसम अनुकूल हुनेबित्तिकै सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारका लागि प्रयास जारी राखेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.